स्वास्थ्य सेवा दिवसको अवसरमा खुल्ला रत्तदान

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १०:४८

१५ फागुन, सुखर्ते । स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


“गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ यस पटकको स्वास्थ्य सेवा दिवस मनाउदै निर्देशनालये रक्तदान कायक्रम गरेको हो ।
नेपाल सरकारको स्वास्थ्य सेवा ऐन नेमावलि २०७५/७७ अनुसार हेरेक नागरिकलाई घर दैलोमै गुणस्तरिय स्वास्थ्य सेवा पुयाउने उद्देश्यले यो दिवस मनाउदै आएको छ । सवै ठाउँमा स्वास्थ्य सेवा पुगे पनि गणस्तरिय स्वास्थ्य सेवा अझै पुग्न सकेको छैन ।


स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले पनि यस पटकको दिवसलाई रत्तदान गरेर मनाएको हो । पछिल्लो समय कर्णालीमा रगतको अभाव भइरहदा निर्देशनालय यो कार्यक्रम गरेको  निर्देशक डा. रविन खड्काले बताए । साथै खड्काले रत्तदान एक दिन मात्र नभई यस्तो कायक्रम सधै जसो गर्दा कर्णालीमा रगतको अभाव हुन कम हुने पनि बताए ।
खुल्ला रत्तदान कार्यक्रममा निर्देशनालयमा कार्यरत कर्मचारी ,स्वास्थ्यकर्मी लगाएत अन्य व्यत्तीले पनि रत्तदान गरेका थिए । निर्देशक खड्को अध्यक्षतामा मनाइएको उत्त दिवसमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृष बहादुर शाही लगाएत विभिन्न स्वास्थ्यकमीको उपस्तिथि रहेको निर्देशनालय कविराज पुष्पा आचार्यले जानकारी दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भीम रावल

२०७८ फाल्गुन १५, आईतवार १०:४८
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्‍बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् । एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने उनको जिकिर छ । राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्‍मा चलेको होहल्लाका बीच छलफलमा लैजान […]