खड्काको प्यानललाई जिताउन चार दलको अपिल

उज्यालो रैबार   ।   २०७८ चैत्र २९, मंगलवार १९:१७

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन आगामी बैशाख ४ गते हुन लागेको छ । नयाँ नेतृत्वका लागि संघका तत्कालिन महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हामिएका छन् ।

कँडेलले संयुक्त व्यवसायीक र खड्काले लोकतान्त्रिक साझा व्यवसायी प्यानल यति बेला चुनावी मैदानमा छ । तर गठबन्धन सम्वद्ध दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै खड्काको प्यानललाई जिताउन अपिल गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीको संयुक्त बैठकले बैशाख ४ गते हुने निर्वाचनमा खड्काको प्यानललाई जिताउन अपिल गरेका हुन ।

‘जिल्लाको समग्र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन, व्यावसायिक हकहित तथा उन्नयनलाई सशक्त बनाउन र सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेती व्यवसायीहरुको साझा संस्था बनाउन अध्यक्ष पदका उम्मेदवार खड्काले नेतृत्व गरेको साझा व्यवसायी समूहका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत वाणिज्य संघ निर्वाचनको अन्तिम नामावली

२०७८ चैत्र २९, मंगलवार १९:१७
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन बैशाख ४ गते हुँदैछ । नयाँ नेतृत्वका लागि संघका तत्कालिन महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हामिएका छन् । निर्वाचन समितिले चुनावी प्रतिस्पर्धामा होमिएका दुवै प्यानलका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । समितिकाअनुसार दुवै […]