चुनावी मैदानमा १ लाख ३७ हजार बढी उम्मेदवार

उज्यालो रैबार   ।   २०७९ बैशाख १३, मंगलवार १०:२४

काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको छ । देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ लाख ३४ हजार ४३ जनाको उम्मेदवारी परेको छ । जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन् । यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उपप्रमुख पदमा २ हजार ३ जनाको आवेदन परेको छ । उपाध्यक्ष पदका लागि २ हजार २ सय ९२ जनाको आवेदन परेको छ । वडाध्यक्षको लागि ३२ हजार ५९ जनाले आवेदन दिएका छन् ।

महिला सदस्यमा २३ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्य पदका लागि ४८ हजार ९ सय १० जनाको आवेदन परेको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको नामावली प्रकाशन हुने छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकट नपाएपछि तनहुँमा कांग्रेस नेताले दिए सामूहिक राजीनामा

२०७९ बैशाख १३, मंगलवार १०:२४
तनहुँ – टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका नेताहरुले सामूहिक राजीनामा दिएका छन्। सोमबार दमौलीमा पत्रकार सम्मेल गर्दै जिल्लादेखि वडा तहका नेताहरुले साधारण सदस्य समेत नरहने गरेर राजीनामा दिएका हुन्। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका पूर्व सचिव विश्व बास्तोलासहित आधा दर्जन नेताले सामूहिक राजीनामा दिए। बास्तोला वरिष्ठ नेता […]

सम्बन्धित समाचार