सुर्खेतमा काँग्रेस र माओवादीविच गठबन्धन, समाजवादी एक्लै लड्ने

उज्यालो रैबार   ।   २०७९ बैशाख १७, शनिबार १७:३९

सुर्खेत । केन्द्रिय गठबन्धनको विरासत भने सुर्खेतका राजनीतिक दलहरुले जोगाउन सकेनन् । सुर्खेतका नौ वटै स्थानीय तहमा गठबन्धनमा आवद्ध दल नेकपा एकृकीत समाजवादीलाई छाडेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि गठबन्धनको विरासत भत्किएको हो ।

लामो सयमदेखि भागबन्डा मिल्न नसेकपछि सुर्खेतमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रबीच पालिकाहरुमा भागबण्डा मिलाएर चुनावी तालमेल गरिएको छ । माओवादी र कांग्रेस दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । यस्तै, चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ ।

तर, कर्णालीका अन्य जिल्लामा समाजवादीले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुर्खेतमा भने एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिएको हो । सुर्खेत एकीकृत साजवादीले भनेअनुसारको भाग नपाएपछि गठबन्धनबाट पछाडि हटेको हो ।

पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा मनोनयन अघि नै पालिकाहरु भागबण्डा टुङ्ग्याएको थियो । सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरु गठबन्धनमा आवद्ध सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेदवारले कुन–कुन चुनाव चिह्न पाए ?

२०७९ बैशाख १७, शनिबार १७:३९
सुर्खेत । वीरेन्द्रनगरमा मेयर र उपमेयरमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार छन् । यी उम्मेदवारले शनिबार आ–आफ्नो चुनाव चिन्ह पाएका छन् । स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरका उम्मेदवारले चुनाव चिह्न पाएका हुन् । स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भीमप्रसाद शर्माले ९तारा० चुनाव चिह्न पाएका छन् […]