आठ दलीय गठबन्धन आगामी चुनावसम्म जान्छ : माधव नेपाल

उज्यालो रैबार   ।   २०७९ फाल्गुन १६, मंगलवार १९:४३

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा उनले गत शुक्रबार बनेको आठ दलीय गठबन्धन अर्को निर्वाचनसम्म जाने बताएका हुन्।‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ। यो गठबन्धन टिक्छ, चुनावसम्म जान्छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले आठ दलीय गठबन्धन आगामी चुनावसम्म लैजाने गरि हाम्रो प्रयास रहन्छ।’

उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने पनि बताए। ‘रामचन्द्र पौडेल जीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ,’ नेपालले भने, ‘हामीले अघि सारेका उम्मेदवार पौडेल विजय हुनुहुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

२०७९ फाल्गुन १६, मंगलवार १९:४३
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा ९एकीकृत समाजवादी०, नेकपा ९माओवादी केन्द्र० र […]