सिटी बसपार्क आजदेखि  सञ्चालनमा (भिडियो सहित)

उज्यालो रैबार   ।   २०७७ मंसिर १५, सोमबार १३:५३

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्क आजदेखि  सञ्चालनमा आएको छ ।

बसपार्कमा यात्रुहरुलाई आवज–जावज गर्ने वातावरण सहज गराउँनको लागि पार्क भित्र सिसिटिभी जडान, सुरक्षा पोष्ट, ट्रार्फिक सिंगल, साइन, यात्रु चढ्ने वा झर्ने ठाउँ निश्चित, यातायात कार्यलयका कर्मचारीले परिचय–पत्र तथा जर्सीको अनिवार्य प्रयोग गर्ने जस्ता नियमहरु लागु हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए ।

दुई वर्ष अघि नै निर्माणकार्य सम्पन्न भइसकेको सिटी बसपार्क निर्माण सम्पन्न भएर नगरपालिकालाई हस्तान्तरण गरिएको दुई वर्षपछि मात्र सञ्चालनमा आएको हो ।
कुल लागत ७ करोड ४४ लाख रुपैयाँ लागेको सिटी बसपार्क करिब चार हजार पाँचसय वर्गमिटर क्षेत्रफलमा निर्माण भएको नगरपालिकाले जनाएको छ ।
साना, ठूलासहित एकसय २० वटा बस अट्न सक्ने क्षमता रहेको निमार्ण कम्पनिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेकवेशीमा कोभिड–१९ सम्बन्धी अभिमुखिकरण

२०७७ मंसिर १५, सोमबार १३:५३
सुर्खेत,१५ मंसिर । लेकवेशी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सोमबार अभिमुखिकरण तथा छलफल गरिएको छ । एनडिआरसी र एनडिआरसीनेटको आयोजनामा लेकवेशीका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, नागरिक अगुवासँग अभिमुखिकरण गरिएको हो । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि अपनाइने मापदण्ड र कोरोनाले पारेको सामाजिक, आर्थिक र शैक्षिक असरका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका […]