१५ औं गणतन्त्र दिवस कर्णालीमा यसरी मनाइयो

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १५, आईतवार ११:२२

सुर्खेत । आज देशभर १५ औं गणतन्त्र दिवस देशभरी नै मनाइदै छ । कर्णाली सरकारले पनि प्रदेशमा पनि विभिन्न कार्यक्रमहरू आयाेजना गरी दिवस मनाएकाे छ । वीरेन्द्रनगरकाे मंगलगढीचाेकबाट शुरु गरिएकाे प्रभातफेरि सभा हलमा पुगेरमा कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभकामना सन्देश दिएका छन् । संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भाैगाेलिक अखण्डता, सार्वभाैमिकता, स्वधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेकाे समाजवदा उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिलाेस् भन्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

यस्तै, मुख्यमन्त्री शाहीले जनताकाे चुल्हाेकाे सरकार अर्थात स्थानीय तहकाे निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आफ्नाे कार्यभार सम्हाल्नु संविधान कार्यान्वयनकाे ठूलाे उपलब्धी भएकाे बताए । उनले संविधानकाे संरक्षण र संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे संस्थागत विकास गरेर मुलुकलाइ आर्थिक समृद्धिकाे मार्गमा अग्रसर गराउँदै लाेकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजकाे निर्माण गर्नका लागि गणतन्त्र दिवसले प्रेरणा मिलाेस् भन्ने विश्वास व्यक्त गरे । राजतन्त्रात्मक शासन प्रणालीको विधिवत् अन्त्यसँगै २०६५ साल जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएको थियो । साेही दिनलाइ दिवसका रूपमा मनाउन थालिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्पर्कविहीन जहाजमा भएका २२ जनाको नामसहित

२०७९ जेष्ठ १५, आईतवार ११:२२
काठमाडौं । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी) जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर अझै पुग्न सकेको छैन । उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन […]