जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु ४ घाइते

उज्यालो रैबार   ।   २०८० असार १२, मंगलवार १५:१४

जुम्ला – जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोप्ने क्रममा क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्।

विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको र अन्य चारजना भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए। उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ,उनिहरुको उपचार अहिलेसम्म जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ। घाइते हुनेहरुमा सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई हुन्। सोमबार बेलुका ८ बजेर ५५ मिनेटमा उक्त घटना भएको हो। घाइते सबैको सोमबार प्रतिष्ठानमा ल्याएको थियो।घटना स्थलमा प्रहरीको टोली गइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा मोटरसाईकलको ठक्करले एकजना महिलाको मृत्यु

२०८० असार १२, मंगलवार १५:१४
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर स्थित घण्टाघर चोकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । घण्टाघर चोकबाट कपासेतर्फ जाँदै गरेको मोटरसाईकलको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीय टिका सुनारको मृत्यु भएको हो । कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा […]