रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा शिविर, पहिलो दिनमा ८० जनाको सल्यक्रिया

उज्यालो रैबार   ।   २०७९ मंसिर २२, बिहीबार २१:२८

रुकुम पश्चिम। आँखा उपचार केन्द्र रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । शिविरको पहिलो दिनमा चार सय ६१ जनाको आँखा जाँच सहित ८० जनाको सल्यक्रिया समेत भएको नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेश इनचार्ज मानबहादुर कुवरले जानकारी दिनु भएको छ । उहाका अनुसार शिविरमा मोतियाबिन्दु बाट जटिल अवस्था भएका बिरामीले पनि नि:शुल्क सेवा पाएका छन् ।
जिल्लाका ४ वटा स्थानीय तहमा संचालन गरिएको आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामी सहित अन्य बिरामीले समेत शिविरबाट सेवा लिन सक्ने राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयाेजक सालीक राम गाैतमले जानकारी दिनुभयो भयो । 
त्यस्तै नेत्र रोग विशेषज्ञ डा. सुरेश रसालीका अनुसार पछिल्लो समय आँखाका विरामीहरुमा मोतियाबिन्दुको समस्या बढी भएको र त्यसले निम्त्याउने जटिलतामा पनि कमि नआएको जानकारी दिनु भयो ।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र सल्लेले शिविरको आयोजना गरेको हो । शिविर शुक्रबार सम्म संंचालन  हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रारा राष्ट्रिय म्युजिक अर्वाडको उद्घाटन राष्ट्रपति विद्यादेवीबाट हुने

२०७९ मंसिर २२, बिहीबार २१:२८
सुर्खेत । रारा राष्ट्रिय म्युजिक अर्वाड–२०७९ को समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ। यहीँ पुस २६ गते मंगलबार राष्ट्रिय सभागृह। भृकुटीमण्डप काडमाडौँमा दिउँसो २ बजे राष्ट्रियपति भण्डारीबाट उद्घाटन हुने भएको हो। अवार्डका लागि ४६ विधामा ‘टप फाइब’ टिम समेत छनौ भइसकेका छन्। आयोजक संस्था कर्णाली कलाकार समाजले यसअघि नै […]