साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् रञ्जु दर्शना

उज्यालो रैबार   ।   २०७९ माघ २९, आईतवार १०:०६

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएकी हुन् । सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ ।

सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुईरदुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ । बाँकी २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि आजै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

२०७९ माघ २९, आईतवार १०:०६
सुर्खेत बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो अन्दाजी २ ः ३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ति महिलालाई ठक्कर दिएको हो । नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीय महिलाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा […]