त्रिविका १३ क्याम्पसमा स्ववियु चुनाव स्थगित

उज्यालो रैबार   ।   २०७९ चैत्र ५, आईतवार ११:०१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन नसकेको अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल गर्न बैठक बस्दै रास्वपा

२०७९ चैत्र ५, आईतवार ११:०१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजै ९आइतबार० बिहान ११ बजे बसुन्धारामा बस्दैछ । ‘बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा […]