प्रधानमन्त्रीले पाए विश्वासको मत

उज्यालो रैबार   ।   २०७९ चैत्र ६, सोमबार १७:४२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।

१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नीतिनिर्माण प्रक्रियामा युवा सहभागिता' विषयक प्यानल छलफल सम्पन्न

२०७९ चैत्र ६, सोमबार १७:४२
सुर्खेत। कर्णाली प्रदेशको नीतिनिर्माण प्रक्रियामा युवा सहभागिताको विषयमा प्यानल छलफल सम्पन्न भएको छ। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वक्ताको रुपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाई, प्रदेश सभा सदस्य तुलसा मल्ल र युवा गैसस महासंघ सुर्खेतका अध्यक्ष रबिन्द्र चन्द रहेका थिए। उक्त बहस कार्यक्रमको […]