प्रधानमन्त्रीले संसदमा आज जवाफ दिने

उज्यालो रैबार   ।   २०८० जेष्ठ ४, बिहीबार ०८:१०

काठमाडौँ । आज संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसद्हरुले प्रत्यक्ष सवालजवाफ गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार सांसदहरुले समसामयिक विषयमा सवालजवाफ गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो अवस्थाबारे संसदलाई जानकारी गराउनेछन् ।

यस्तै, आज प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आ।व। २०७८र०७९ को वार्षिक प्रतिवेदन’ नाामक प्रतिवेदन समेत संसदमा पेस गर्ने कार्यसूची रहेको छ ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले देश तातिएको अवस्था छ । हाइ प्रोफाइलवाला व्यक्तिहरु नै सो प्र करणमा तानिएपछि यसबारे सरकारले संसदलाई जानकारी दिनुपर्ने माग समेत सांसदहरुले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाका नेपाली काँग्रेस निकट क्रियाशील सदस्य, नेताले दिए सामुहिक राजिनामा

२०८० जेष्ठ ४, बिहीबार ०८:१०
जुम्ला ः जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा न. ५ लुड्कुका नेपाली काँग्रेस निकट कार्यक्रता , नेताले सामुहिक राजिनामा दिएका छन् । पालिका वडा कमिटीका सभापती जगदिश उपाध्याय सहित ७२ जनाले एकैपटक राजिनामा दिएका हुन । हरेक निर्वाचनमा निर्णायक भूमिका खेलीरहेका लुड्कुगाउँका कांग्रेस निकट क्रियाशील सदस्यहरुले एकै पटक राजिनामा दिदा पालिकामा  […]

सम्बन्धित समाचार