जुम्लाका नेपाली काँग्रेस निकट क्रियाशील सदस्य, नेताले दिए सामुहिक राजिनामा

रेवती रमण उपाध्याय   ।   २०८० जेष्ठ ९, मंगलवार १०:२८

जुम्ला ः जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा न. ५ लुड्कुका नेपाली काँग्रेस निकट कार्यक्रता , नेताले सामुहिक राजिनामा दिएका छन् । पालिका वडा कमिटीका सभापती जगदिश उपाध्याय सहित ७२ जनाले एकैपटक राजिनामा दिएका हुन ।
हरेक निर्वाचनमा निर्णायक भूमिका खेलीरहेका लुड्कुगाउँका कांग्रेस निकट क्रियाशील सदस्यहरुले एकै पटक राजिनामा दिदा पालिकामा  काँग्रेस कम्जोर देखिने पक्का भएको छ । । लुड्कु कांग्रेसका क्रियाशील सदस्य र मतदाताहरुलाई स्थानीय नेतृत्व त्यसमा पनि गाउँपालीका अध्यक्ष दामोदर प्रसाद आचार्य र उपाध्यक्ष प्रेमकली बुढा ले आग्रह पूर्वाग्रहप्रेरित कियाकलाप र गतिविधिले बारम्बार गरेको भन्दै सामुहिक राजिनामा दिएको वडा कमिटीका सभापती जगदिश उपाध्यायले जानकारी दिए ।

सोमबार जिल्लाको खलंगामा  पत्रकार सम्मेलन सहित  बिज्ञप्ती समेत जारी गर्दै राजिनामा दिएका हुन ।

 प्रेस बिज्ञप्तीमा

अपहेलित र अपमानीत हुन पुगेका लुड्कुबासी कार्यकर्ताको मनोभावना भड्काउने कार्य गरेका कारण नेपालीकांग्रेको रक्षा र सुदृढीकरण हुन नसक्ने कुरामा हामी प्रष्ट छौं । चारतारे झण्डा राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति प्रतिवद्ध हामी लुकुबासी कांग्रेसीजनहरु उन्नत, विकसित र सुदृढ कांग्रेसको पक्षमा दृढ हुदा हुदै हाम्रा माग र असन्तुष्टिहरुलाई नजरअन्दाज गरी हलुका ढङ्गले लिई व्यवास्ता गरेको हुनाले सम्पूर्ण लुङ्कुबासी काँग्रेसीजनहरु साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिने कठोर निणर्य गर्न बाध्य भएको उल्लेख गरेका छन । उक्त निणर्यबाट पार्टीलाई हुने क्षर्तीको पूर्ण जिम्मेवार पार्टी गाउँपालीका कार्यसमिति र स्वयम् पालीका अध्यक्ष श्री दामोदर प्रसाद आचार्य र पालिका उपाध्यक्ष प्रेमकली बुढा हुने कुरा प्रष्ट पार्न चाहान्छौं । उनीहरुलाई नेपाली कांग्रेस, कर्णाली प्रदेश कार्यसमिति सुर्खेतलाई समेत बोधार्थ दिइएको छ ।

त्यस्तै कनका सुन्दरी गाउपालिका अध्यक्ष र उपाध्यक्षले लुड्कुका जनअपेक्ष बिपरीत पहिरोको उच्च जोखिम भएको ठाउमा गाउपालिकाको केन्द्र तोकिएको आरोप लगाएका छन । यता गउपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य गाउपालिकाको केन्द्रको लागी तिन वटा ठाउको जग्गा पालिकामा पेस भउको थियो । गोठी चौर , खात र अहिले गाउपालिका रहेको कार्यालय नजिकै थियो । उनले भने,’ गाउँपालिकाको कार्यपालिका बैठकमा ३१ जना सदस्यले बहुमत रहेको ठाउमा तोकिएको छ ।उनीहरु पालिकाका उपाध्यक्ष र अध्यक्षलाई लगाएको आरोप मिथ्या हो । उनले भने,’ लुड़कुगाउँका ७२ घर कांग्रेसका क्रियाशील सदस्यहरुले संयुक्त राजीना दिने कुरा पालिका संग नजोडिएको बताए ।उनका अनुसार पाटीमा जोडिने राजीनामा दिने कुरा स्वतन्त्रत अधिकार छ ।त्यो कुरा उहाहरुको हो । पालिकाले गर्ने गतिबिका बारेमा यहाको बहुमतको गाउकार्यपालिकाले गर्ने हो ।

त्यस्तै नेपाली काँग्रेसको जुम्ला जिल्ला कार्यबाहक सभापती तथा पाटी सचिब अर्जुन सिहं कठायतले गाउँपालिका आफै स्थानीय सरकार हो । उसले कार्यपालिका सदस्यको बहुमत र जनताको चाहाना अनुसार केन्द्र तोक्ने काम गर्ने हो । उनले भने,पालिकाले जन्ताको बिकास समृद्धीका कुरामा चित्त नबुझेर राजीनामा दिने कुरा मुर्खता हो । उनले भने,’अन्य बिषयमा पाटी भित्र अस्तुष्टि रहेका कुरामा पालिकाका सभापती लगायत सबै संग बसेर छलफल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदमा आफ्ना सांसदहरु कम उपस्थित भएपछि रास्वपाले माग्यो माफी

२०८० जेष्ठ ९, मंगलवार १०:२८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरु कम उपस्थिति भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले माफी मागेको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकको अन्त्यसम्ममा आफ्ना पार्टीका २१ जनामध्ये संसदमा ६ जनामात्रै उपस्थित रहेकोमा रास्वपाले माफी मागेको हो । रास्वपाले फेसबुक पेजमार्फत माफी माग्दै भनेको छ– ‘रास्वपाका २१ जनामध्ये जम्मा ६ […]

सम्बन्धित समाचार