“बरु आफु नष्ट हुन्छु तर भष्ट्र हुन दिन्न” प्रतिवद्धताका साथ वडा अध्यक्षमा जगदिश उपाध्यायको उम्मेदारी घोषणा

उज्यालो रैबार   ।   २०७८ चैत्र २८, सोमबार १८:३१

नेपालमा आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निवार्चनमा पछिल्लो समय युवा पुस्ताको सक्रियता बढेको देखिन्छ । जुम्ला कनका सुन्दरी गाउँपालीका वडा. न. ५ को वडा. अध्यक्षमा ३२ वर्षे जगदिश उपाध्यायले उम्मेदारी दिने भएका छन् ।


विकासको पहिलो खुट्कीलो नै वडा भएको हुदा सबै भन्दा पहिलो आफ्नो वडामा विकास गर्न वडा अध्यक्षमा उम्मेदारी दिन लागेको बताए । पछिल्लो समय नेपालमा विकास नहुनुको मुख्य बाधक नै तल्लो स्तर बाटनै भष्ट्रचार वढी हुने हुदा अहिले आफ्नो प्रमुख नारा नै “बरु आफु नष्ट हुन्छु तर भष्ट्र हुन दिन्न” रहेको उनले बताए ।
समाज शिक्षित भएपछि मात्रै विकास गर्न सहज हुने हुदा उपाध्यायले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर अघि वढ्ने जानकारी दिएका छन् । हरेक वर्ष कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गर्ने र सरकारी विद्यालयको शिक्षालाई प्रतिस्पर्धी र अब्बल बनाउन प्रविधि मैत्री गुणस्तरिय शिक्षामा जोड दिने बताए । त्यस्तै उपाध्यायले स्वच्छ पिउने पानी, प्रभावकारी स्वास्थ्य सेवा दिलाउने, कृर्षिमा आधुनिकिकरण तथा विविधिकरण गरी वडा बासिको आम्दानि वृद्धि गर्ने, खेलकुद क्षेत्रको विकासका लागि वडामा सुविधा सम्पन्न रंगशाल निमार्ण गर्ने, सुचना तथा सञ्चार प्रविधिमैत्री वातावरण  तयार गरी वडा वासिको पहुँच विस्तार गर्ने, त्यस्तै एक गाउँ एक पुस्तक अभियान सञ्चालन गर्ने लगाएतका मुख्य एजेण्डा रहेको बताए ।
विगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेका उपाध्याय नेपाली काँग्रेसको भात्री संगठन तरुण दल कनका सुन्दरी गाउँपालीका अध्यक्ष हुदै अहिले पाटीको वडा सभापती समेत रहेका छन् । युवा पुस्ता नेतृत्व तहमा पुग्दा समाज प्रति बढी जिम्मेवार र जवाफदेही हुने भएकाले पनि स्थानीय निवाचनमा युवाको सक्रियता रहेको पाइएको हो ।

One thought on ““बरु आफु नष्ट हुन्छु तर भष्ट्र हुन दिन्न” प्रतिवद्धताका साथ वडा अध्यक्षमा जगदिश उपाध्यायको उम्मेदारी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खड्काको प्यानललाई जिताउन चार दलको अपिल

२०७८ चैत्र २८, सोमबार १८:३१
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन आगामी बैशाख ४ गते हुन लागेको छ । नयाँ नेतृत्वका लागि संघका तत्कालिन महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हामिएका छन् । कँडेलले संयुक्त व्यवसायीक र खड्काले लोकतान्त्रिक साझा व्यवसायी प्यानल यति बेला चुनावी मैदानमा […]