आज कोशी र मधेश प्रदेशका तराईका स्थानहरूमा हावा हुरीको सम्भावना

उज्यालो रैबार   ।   २०८० असार २१, बिहीबार १०:१३

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिन प्रदेशमा भारी वर्षाको सम्भावना

२०८० असार २१, बिहीबार १०:१३
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभनवले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई […]