तातोपानीका ९१ प्रतिशत योजना सम्पन्न

उज्यालो रैबार   ।   २०८० जेष्ठ १०, बुधबार ११:३०

जुम्ला ः जुम्लाका धेरैजसो कार्यालयमा समयमा आयोजना सम्झौता नगर्ने, आयोजना कार्यन्वयन तथा काम सुरु नगर्ने प्रचलन छ । यसले गर्दा जब आर्थिक वर्षको अन्त्यतिर असारे विकास गर्ने गरिन्छ । तर यहाँको तातोपानी गाउँपालिकाले समयमा योजना सम्झौतादेखि कामको थालनी गरेर बैशाख मसान्तभित्र नै ९१ प्रतिशत योजना सम्पन्न गरिसकेको छ ।
८१ दशमलव ६७ प्रतिशत योजनाको अन्तिम भुक्तानी दिईसकेको छ । पालिकाबाट संचालित योजनाको ८१ दशमलव ६७ प्रतिशत भुक्तानी भएको हो । बैशाख मसान्तमै यसरी योजना सम्पन्न गर्ने र भुक्तानी दिने तातोपानी कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ ।
वित्तिय समानीकरण अनुदान अन्तरर्गतका पालिका ८ वटै वडामा सञ्चालन भएका १ सय ३१ वटा योजना मध्ये बैशाख मसान्तसम्म १ सय ७ वटा योजनाको अन्तिम भुक्तानी भईसकेको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।
बाँकी २४ योजना कतै अनुगमन भएर पनि उपभोक्ता भुक्तानी लिन नआएको र कतै उपभोक्ताकै ढिलाईले काम हुन नसकेका योजना मात्रै रहेका छन् । चालु आर्थिक वर्षमा पुँजीगत तर्फ विनियोजित २६ करोड ९२ लाख ३३ हजार मध्ये हालसम्म १० करोड ४९ लाख ८४ हजार बढी अर्थात ३८ दशमलव ९९ प्रतिशत पुँजीगत खर्च भएको छ ।
पालिकास्तरबाट संचालित योजनाको भुक्तानी बढी र पुँजीगत खर्च कम देखिनुमा संघ प्रदेशको बजेटबाट ठेक्का मार्फत सञ्चालित योजनाको बजेट खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिए ।
भदौमा अख्तियारी आउने, असोज कार्तिकमा चाडपर्व बिदा भएर काम नहुने, मंसिरदेखि माघसम्म चिसोले काम नहुने फागुन चैतपछि योजना सम्झौता हुने र असारे विकासले निरन्तरता पाउने नजिरलाई तातोपानीले तोडेको छ । बैशाख मासन्तमै ९१ प्रतिशत योजना सम्पन्न गरेर अन्तिम भुक्तानी दिनुले ईच्छा शक्ति भएमा असम्भव नरहेको तथ्य समेत पृष्टी भएको छ ।
कर्णाली प्रदेका बाँकी ७८ पालिकामा योजना सम्झौतादेखि निर्माणको चटारो चलिरहँदा तातोपानीले ९१ प्रतिशत योजना सम्पन्न गर्नु उदाहरणीय काम भएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाही बताए ।
जनप्रतिनिधि कर्मचारीको चुस्त कार्यशैली, समधुर सम्बन्धन, विषयगत शाखाको सक्रियता, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईको नेतृत्व प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतलको प्रशासनिक नेतृत्व प्रसंशा योग्य छ । विकास निर्माण शुसासन सेवा प्रवाह लगायतका उदाहरणिय काममा देखिएको अब्बलता तातोपानीबाट कर्णालीका अन्य पालिकाले अनुसरण गर्नुपर्ने देखिएको अध्यक्ष शाहीले बताए ।
एक वर्षमा नमुना २१ काम
तातोपानी गाउँपालिकाले बितेको एक वर्षमा भएका उत्कृष्ट काम सार्वजानिक गरेको छ । दोस्रो स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा नन्दप्रसाद चौलागाई, उपाध्यक्षमा रेवती रावल लगायत ८ वटै वडाका वडाध्यक्ष निर्वाचित भएर बितेको एक वर्षमा भएका उत्कृष्ट काम सार्वजानिक गरिएको हो ।
जसअन्तरर्गत सोमबार पालिकामा पत्रकार सम्मेलन गरी तातोपानीले एक वर्षको अवधीमा भएका विभिन्न नमुना काम मध्य उत्कृष्ट २१ वटा काम सार्वजानिक गरिएको छ । पालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले विकास निर्माण, सेवा प्रवाह तथा सुशासन पारदर्शीताका क्षेत्रमा नागरिकले प्रत्यक्ष संघियताको अनुभुति हुने गरी भएका २१ वटा उत्कृष्ट काम सार्वजानिक गरे ।
जसमा जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता, माघमै सबै योजना सम्झौता बैशाखमै अन्तिम भुक्तानी, विपन्न मान बहादुर गोरीकलाको आवास निर्माण, तातोपानी टाईम्स लागुदेखि फजुल खर्च घटाउन खाँदा मुक्त पालिका घोषणा, प्रत्येक महिनाको दोस्रो शनिवार जनश्रमदान गर्ने काम भएको अध्यक्ष चौलागाईले बताए ।
त्यस्तै गुमनाम कर्णालीकै तेस्रो ठुला गिडिदहमा सम्मेलन, पालिका कार्यालय,वडा कार्यालय र विद्यालयमा डिजिटल हाजिरी जडान, बेसहारा लाउरी रावलको पुर्नस्थापना, असोजको विपतले क्षतिग्रष्त सडकको तत्काल पुर्ननिर्माण, कर्णालीमै पहिलो पालिका गान र लोगो तयार, बृहत्त निशुल्क स्वास्थ्य शिविर संचालन भएको प्रगति प्रतिबेदनमा उल्लेख छ ।
साथै पालिकाभरीका ६६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई मोबाईल वितरण, प्रत्येक चौमासिकमा सार्वजानिक सुनुवाई तथा समिक्षा, जेष्ठनागरिकलाई न्यायो कपडा वितरण, पालिकाभरका १५ सय विपन्न नागरिकको निशुल्क स्वास्थ्य बिमा, धौगोलिक ग्राम स्थापना, ६४ परिवार बाढी पिडितलाई राहत उद्दार र पुर्नस्थापना गरिएको छ ।
साथै ५१२ घरधुरीमा सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन, शैक्षिक क्षेत्र सुधारका लागि दरबन्दी मिलान,चालु आवमा मात्रै १४ वटा ऐन कानुन निर्माण र प्रशासनिक खर्च काटेर पालिकाको आफ्नै भवन निर्माण थालिएको गरी २१ वटा उत्कृष्ट काम गरिएको अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
आठै वडाध्यक्षको साथ, प्रमुख प्रशासकियदेखि विषयगत शाखाको सक्रियता, नागरिक समाज पत्रकारको सहयोग, कार्यसम्पादन सम्झौता लगायतका कारण लक्ष्यअनुसार काम गर्न सफल भएको अध्यक्ष चौलागाईको दाबी छ । आगामी आर्थिक वर्षमा पनि यहि गतिमा काम गरेर असारे विकासको अन्त्य गरी पालिकालाई जिल्लामै अब्बल बनाउने तातोपानीका सबै वडाध्यक्षको प्रतिबद्धता छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिँजाको नराकोटमा रैथाने बालीको खाना महोत्सव

२०८० जेष्ठ १०, बुधबार ११:३०
सिँजाको नराकोटमा रैथाने उत्पादनको खाना महोत्सव भएको छ। रैथाने बालीको उत्पादनका परिकारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले मार्क्सवादी ज्ञान केन्द्र काठमाडौंको आयोजनामा सोमबार सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको हो। नराकोटमा आयोजित महोत्सवमा गाउँपालिकाका ६ वटै वडाका सात स्टलमा स्थानीय खानाका परिकार राखिएको छ। कोदो, फापर, मकै, भटमास, चिनु, कागुनु र मकैका परिकार, […]