दलित आन्दोलनलाई डा. केसीको समर्थन

उज्यालो रैबार   ।   २०८० असार ३, आईतवार १५:०९

सुर्खेत । दलितका लागि दलित आन्दोलन नेपालालाई डाक्टर नवराज केसीले समर्थन जनाएका छन्। बाल रोग विषशज्ञ डाक्टर केसीले आइतबार फेसबुकमा एक फोटो सेयर गर्दै समर्थन जनाएका हुन्।

केही दिन अगाडी अभियन्ता तथा दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले प्रकाउ गरेको थियो। पक्राउ परेर प्रहरी हिरासतका रहेका सुनार बिरामी परेर अस्पताल भर्ना भएपछि लेखक तथा समाजिक अभियन्ता समेत रहेका डा। केसीले दलितका पक्षमा समर्थन जनाएका हुन्।

साथै उनले दलित कागजी घोषणाले नभई समूदायको विकासमा लगानी गरेर मात्रै जातिय विभेदको अन्त्य हुने बताएका छन्।

उनले लेखेका छन्, ‘जातिय विभेद अन्त्य नगरी मानव विकास सम्भव छैन्। युगौदेखि अवसररअभावमा कर्णालीको जनसंख्याको करिव २२ प्रतिशत दलित समुदायको विकासरविचार नगरी हाम्रो प्रदेशको उथ्थान कसरी होलारु’

यस्तै, डा। केसीले प्रहरी नियन्त्रण मै आमरण अनसनमा रहेका नागरिक अगुवा खगेन्द्र सुनार लगायत सम्पूर्ण दलित समुदायसँग शान्तीपूर्ण र सृजनात्मक ‘दलित विकास केन्द्रीत योजना’ निर्माण गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुशल भुर्तेल ९९ रनमा आउट

२०८० असार ३, आईतवार १५:०९
आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन्। कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए। कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए। पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी बनाए। यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी […]