चार प्रदेशमा भारी वर्षाको सम्भावना

उज्यालो रैबार   ।   २०८० असार २५, सोमबार ११:२६

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोलि मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयर बजारमा ३ अर्ब ७९ करोडको कारोबार

२०८० असार २५, सोमबार ११:२६
काठमाडौं  सेयर बजारमा सामान्य अंकले करेक्सन आएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०।८० अंकले घटेर २०७६।९६ विन्दुमा अडिएको हो। सेयर बजार सामान्य अंकले घटे पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ। यसदिन २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ […]