दैलेखकाे झडपमा युवकको मृत्यु भएको घटनामा तीन जना पक्राउ

उज्यालो रैवार   ।   २०८० कार्तिक ११, शनिबार १८:२६

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो ।
घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन् । नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको डिएसपी लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प

२०८० कार्तिक ११, शनिबार १८:२६
काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको बताए । ‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश […]

सम्बन्धित समाचार