घर सँगै ढल्यो हस्त बहादुरको सहारा

रेवती रमण उपाध्याय   ।   २०८० कार्तिक २१, मंगलवार १२:०८

जाजरकोट । दशै तिहारको समय भएकाले घरका सम्पुर्ण परिवार एकजुट भएका थियौं । तिहार पछि मात्रै आ-आफ्नो काममा फर्किने योजाना थियो । १७ गते राति ८ बजे खाना खाइसके पछि सह-परिवार केही समय बसेर पारिवारिक सल्लाह गर्न तिर लागियो । घरमा बस्ने कोठा कम भएकाले साथै घर पनि पुरानो समेत भैसकेकाले मैले नयाँ घर बनाउने विषय राखे मेरो कुरामा सहमती जनाउदै जेठी बुहारीले पनि थपिन ‘अहिले हिउँदमा त जसरी पनि घर बनाउनै पर्ने छ।’ जेठो छोरा सहित सबै छोराहरु घर बनाउने सहमतिमा जुट्य तर हाम्रो प्रमुख समस्या थियो घर कसरी बनाउने आर्थिक रुपमा निकै कम्जोर भएकाले पैसाको जोहो गर्न समस्या देखिने भयो । यतिकैमा जेठो छोराले भने , यसो गरौं म तिहार पछि भारत जान्छु तपाई यतै बसेर घर बनाउने तयारी गर्नु म त्यता बाट कमाएको पैसा जति पठाउन्छु । अब त्यही गर्नु पर्ने भयो भन्दै घर बनाउने योजना सहित ९ बजे तिर सुत्नका लागि सबै आ-आफ्नो कोठा लागे । यो प्रसंग हो नलगाड नगरपालिका वडा नम्बर १ चिउरी गाउँका हस्त बहादुर विकका पारिवारिक संवादको ।


तर त्यही राती ११: ४७ बजे हस्त बहादुरका लागि जिवनकै कालो समय बन्यो । जाजरकोट केन्द्र बिन्दु बनाएर आएको ६.४ रेक्टर स्केलको भूकम्पले हस्त बहादुरको सबै सपना तहसनहस बनाइदियो । जुन छोराको भरमा नयाँ घर बनाउन तयारीमा जुटेका हस्त बहादुर  अहिले आकाश बाट खसे झै भएका छन् । भुकम्पले उनको घर मात्र भत्किएन उनको साहार, साहासनै भत्कियो घर खर्च धान्ने जेठो छोरा र घरको सम्पुर्ण काम गर्ने बुहारी र प्यारो नातीनै नभए पछि अहिले हस्त बहादुर  ठूलो पिडामा छन् ।

हस्त बहादुर बिकको भुकम्पले भत्किएको घर तस्बिर : रेवती रमण उपाध्याय

हस्त बहादुर एक प्रतिनिधि पात्र मात्र हुन उनी जस्तै अहिले कर्णालीको जाजरकोट र रुकुम पश्चिमका भूकम्प बाट क्षेतिग्रस्त सयौं घर परिवारको पीडा यस्तै छ।

भूकम्प वाट मृत्यु भएकाको सामुहिक दाहासंस्कारका लागि मलामी जाँदै स्थानीय । तस्वीर : रेवति रमण उपाध्याय

१७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प जारजकोट र रुकुम पश्चिम गरि १ सय ५३ जनाको मृत्यु भएको छ । जसमा जाजरकोटमा मात्रै १ सय १ जनाले ज्यान गुमाएका छन् भने रुकुम पश्चिम ५२ जनाले ज्यान गुमाएका छन्  ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार जाजरकोटका मृतकमध्ये  ९५ जनाको शव आफन्तले बुझेर अन्तिम दाहसंस्कार गरेका छन् भने  ६ जनाको शव आफन्तले अझै बुझ्न बाँकी रहेको बताएका छन् । १ सय ४७ जनाको परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १०१ जना मध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम दाहसंस्कार गरेका छन् । यस्तै रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ । प्रहरीका अनुसार मृतकमध्ये ८३ जना महिला र ७० जना पुरुष रहेका छन् भन्व  ८२ जना बालबालिका परेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको एक पसलमा आगलागी हुदा लाखौंको क्षति

२०८० कार्तिक २१, मंगलवार १२:०८
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ लुड्कुका गगन बहादुर बुढाको पसलमा गए राती आगजनी भएको छ । गाउँ नजिकैको जग्गामा चार कोठे काठको टहरामा बिगत केही बर्ष देखि बुढाका परिवारले पसल,होटल व्यवसाय गर्दै आएका थिए । आगजनीले पसलमा राखेको क १ प १६८१ नम्बरको २ सय २० सिसिको […]