सरकारमा पठाउने थप मन्त्रीहरुको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

उज्यालो रैबार   ।   २०७९ चैत्र १९, आईतवार ०९:५५

काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बिस्तारका क्रममा आफ्नो कोटा अनुसार मन्त्रीको नाम पठाउन नकसकेको नेपाली काँग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आजको उक्त बैठकले थप मन्त्रीहरु को–कस्लाई मन्त्रीमा पठाउने भन्ने विषयमा छलफल गर्नेछ ।

काँग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्री मात्रै पठाएको थियो । पार्टीभित्रै आन्तरिक कलह देखिएपछि मन्त्रीहरुको नाम पूर्णरुपमा प्रधानमन्त्रीकोमा पुगेको थिएन ।

आज बिहान १० बजे बस्ने केन्द्रीय सम्पादन समितिको बैठकले थप चार मन्त्रीको नाम तय गर्ने प्रयास गर्नेछ ।

पार्टीभित्रकै गुटहरुका कारण मन्त्री छनौँटमा समस्या पर्दा चारजना मन्त्री मात्रै पठाउन सभापति शेरबहादुर देउवा बाध्य भएका थिए ।

काँग्रेसको कोइराला पक्षधर मन्त्रालयप्रति असन्तुष्टि जनाए जनाउँदै सम्मानजनक हिस्सेदारीको माग गरिरहेको छ ।

त्यस्तैगरी आजको काँग्रेस केन्द्रीय सम्पादन समिति बैठकले बारा – २ मा हुने उपनिर्वाचनको उम्मेदवार पनि टुंगो लगाउँदैछ ।

उपनिर्वाचन हुने अन्य क्षेत्रमा काँग्रेसले उम्मेदवार टुङ्गो लगाइसकेको भएपनि बारा– २ मा भने उम्मेदवार चयन गरिसकेको छैन ।

काँग्रेसले उक्त क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्नसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन – २ मा जगन्नाथको साथ लामिछानेलाई

२०७९ चैत्र १९, आईतवार ०९:५५
काठमाडौं । स्थानीय निर्वाचनका बेला नेपाली काँग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन् । काँग्रेसको पुराना नेतासमेत रहेका उनले चितवन क्षेत्र नम्बर – २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहयोग गर्ने घोषणा गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै पौडेलले […]