चितवन – २ मा जगन्नाथको साथ लामिछानेलाई

उज्यालो रैबार   ।   २०७९ चैत्र २०, सोमबार ११:४०

काठमाडौं । स्थानीय निर्वाचनका बेला नेपाली काँग्रेसको निर्णयविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नथ पौडेलले उपनिर्वाचनमा भने रास्वपालाई समर्थन गर्ने भएका छन् ।

काँग्रेसको पुराना नेतासमेत रहेका उनले चितवन क्षेत्र नम्बर – २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै पौडेलले छोटो समयमा देशले रुपान्तरण खोजेको बताउँदै उनले रास्वपालाई सघाउने बताए ।

देशमा रुपान्तरणका लागि उपयुक्त टिम र ऊर्जावान व्यक्तिहरुको आवश्यकता भएकाले उक्त समूह रास्वपामा भएको उनले दाबी गरे ।

रास्वपालाई सहयोग गरे देशले निकास पाउने आशा आफूमा रहेको पौडेलले बताए ।

यही बैशाख १० मा हुने उपनिर्वाचनमा आज विभिन्न दलका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिँदैछन् ।

नेपाली काँग्रेसको तर्फबाट उक्त क्षेत्रमा पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै रास्वापाले सभापति रविलामिछानेलाई नै उम्मेदवार बनाएको छ ।

त्यस्तै नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई टिकट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाई हुँदै

२०७९ चैत्र २०, सोमबार ११:४०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाई हुँदैछ । यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । त्यसपछि आजका लागि सुनुवाइ पेसी तोकिएको हो […]