उपसभामुख घर्तीले चाडपर्व भत्ता खर्च गरिन् सामाजिक सेवामा

उज्यालोरैबार   ।   २०७७ कार्तिक ३, सोमबार १९:१६

सुर्खेत, ३ कार्तिक । कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले दशैं खर्च वापतको रुकम आश्रमलाई हस्तन्तरण गरेकी छन् ।

प्रदेश सभा सचिवालयबाट प्राप्त भएको ५० हजार रुपैयाँ मानव सेवा आश्रम, प्रशान्ती वृद्धा आश्रम र २ जना बिरामीलाई नगदलाई नगद वितरण गरेकी हुन् ।

विष्टले पाएको दशैँ भत्ता वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई र मानव सेवा आश्रमलाई नगद १५÷१५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेकी हुन् ।

यस्तै, काठमाडौंमा डायलाइसिसको उपचार गराइरहेका कालिकोट रुप्साका नरेन्द्र बोहोरा (अभियान) र नेपाल पत्रकार महासंघका पुर्व सचिव प्रभात चलाउनेलाई दश–१० हजार वितरण गरिएको छ ।

सरकारले उपलब्ध गराएको चाडपर्व बापतको भत्ता मानव सेवाको भावना अनुसार हस्तान्त्रण गरिएको उपसभामुख घर्तीले बताइन् ।
दसंै जस्ता चार्डमा बेसाहारामा रहेका नागरिकलाई केहि राहत होस् भनेर यस्तो कार्यको थालनी गरेको उपसभामुख घर्तीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा कोरोनासँगै डेङ्गीका बिरामी बढे

२०७७ कार्तिक ३, सोमबार १९:१६
सुर्खेत, ३ कात्तिक । सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा सुर्खेतमा डेङ्गी रोगका १ सय २ जना बिरामी भेटिएका छन् । सुर्खेतमा भेटिएका डेङ्गीका बिरामीमध्ये सबैभन्दा बढी बजार क्षेत्रका रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले […]