केसीको सम्पुर्ण उपचार खर्च सरकारले बेहोर्ने

उज्यालो रैबार   ।   २०७७ कार्तिक २७, बिहीबार १३:०४

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो । केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले बताए ।

केसी एक महिनादेखि भैरहवामा रहँदा पनि रुघाखोकी र ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ देखिएको हो । केहीदिनअघि उनलाई निमोनिया देखिएको थियो । केसी मंगलबारमात्रै भैरहवाबाट काठमाडौं आएर मेडीसिटी भर्ना भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३० सेकेन्डमै कोरोना भाइरस मार्ने उपकरण बनायौं : वैज्ञानिक

२०७७ कार्तिक २७, बिहीबार १३:०४
अमेरिकी वैज्ञानिकले ३० सकेन्डमै कोरोना भाइरस मार्ने प्रविधि विकास गरेका छन्। अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले तुरुन्तै कोरोना मार्न सक्ने  ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएको डेलिमेल अनलाइन पत्रिकाले जनाएको छ। उक्त अनलाइनका अनुसार थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाई प्रयोग गर्दा सफल भएको  ‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनमा […]