फ्लोर क्रस गर्ने एमाले सांसद भन्छन्ः मन्त्री बन्नलाई होइन !

ujyaalo raibar   ।   २०७८ बैशाख ३, शुक्रबार १८:५३

चार एमाले सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएपछि कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन् ।

सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै फ्लोर क्रस गर्नेमध्येका एक सांसदले पार्टीबाट कारवाही भोग्न तयार रहेको बताए । विगतमा संविधानसभा सदस्य समेत रहेका सांसद अम्बरबहादुर थापाले भने, ‘कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ । देशको कानून बनाउने पनि मै हुँ ।’आफूले एमालेलाई धोका नदिएको उनले बताए ।

‘एमालेलाई केपी ओलीले धोका दिएका हुन्, मैले होइन,’ थापाले भने । संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको तर उनले कहिल्यै आफूलाई ‘सहयोग’ नगरेको गुनासो थापाको छ ।

मन्त्री बनाउने शर्तमा सरकारलाई विश्वासको मत दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘होइन, मलाई मन्त्री बन्नु छैन । सक्रिय राजनीति नै गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा एमालेको संसदीय दलको बैठक बस्दै, पाँच सांसदमाथि कारवाही हुने

२०७८ बैशाख ३, शुक्रबार १८:५३
सुर्खेत । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको […]

सम्बन्धित समाचार