सुर्खेत सहित २७ जिल्लाका सुकुम्बासीको लगत संकलन गरिदै

उज्यालो रैबार   ।   २०७८ पुष २६, सोमबार १६:५१

सुर्खेत । राष्ट्रिय भूमि आयोगले सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतवार सार्वजनिक गरेको सूचना अनुसार आगामी माघ १८ गतेदेखि सुर्खेतसहित २७ जिल्लाका विभिन्न स्थानीय तहमा तथ्यांक संकलन गर्ने गरिने भएको हो । सूचनाअनुसार सुर्खेतका तीन स्थानीय तहमा लगत संकलन गरिनेछ । चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहीनले निवेदन दिन सक्नेछन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पा उन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ । आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँचरचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

२०७८ पुष २६, सोमबार १६:५१
काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ देशभरका नीजि तथा सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आजको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०को सिफारिसलाई कार्यान्वयन गर्न निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको […]