करिब आठ हजार उम्मेदवारले फिर्ता लिए आफ्नो उम्मेदवारी

उज्यालो रैबार   ।   २०७९ बैशाख १७, शनिबार २०:५९

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन । त्यसमा करिव एक लाख ४५ हजार करिव उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा शाही निर्वाचित

२०७९ बैशाख १७, शनिबार २०:५९
होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । संघको शुक्रबारबाट शुरु भएको ५औं चुनावी साधारणसभाले आज शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सुमन कार्की ९केसी०, प्रथम उपाध्यक्षमा हरिप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महासचिवमा विकास सिलवाल, सचिवमा अर्जुन […]