कर्णाली मन्त्रिपरिषद्को पहिलो निर्णयः युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन

उज्यालो रैबार   ।   २०७९ माघ ५, बिहीबार १०:५३

५ माघ २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामकृष्ण थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । सचिव थापा नेतृत्वको कार्यदलले कर्णालीका बेरोजगार युवाका लागि प्रतिवर्ष दश हजार युवालाई रोजगार दिने योजना निर्माण गर्न गर्नेछ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले समृद्ध कर्णालीका लागि रोजगारीमार्फत् स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजना निर्माण गर्न कार्यदललाई तीस दिनको समयावधि दिएको मुख्यमन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवहरु सदस्य र कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको छ ।

मुख्यमन्त्री शर्माले पदभार ग्रहण गर्नुभएकै दिन कर्णाली प्रदेशका दश हजार बेरोजगार युवालाई हरेक वर्ष रोजगारी दिने र रोजागरीमार्फत स्वरोजगार बनाउने योजना सार्वजनिक गर्नुभएको थियो । सोही योजना बमोजिम कार्यदलले युवा रोजगारीको लागि आवश्यक तथ्याङ्कसहित योजना निर्माणको प्रतिवेदन ल्याउने र त्यसले काम कारवाही कसरी थाल्ने भन्ने मार्ग निर्देशन गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९ माघ ५, बिहीबार १०:५३
सुर्खेत । सुर्खेतमा डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान साढे २ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप गाडी रत्न राजमार्गअन्तर्गत वीरेन्द्रनगर-११ झुप्राखाेला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो। प्रहरीका […]