आज उच्च पहाडी भेगमा हिमपात हुने

उज्यालो रैबार   ।   २०७९ माघ १०, मंगलवार १०:२८

काठमाडौँ । आज पश्चिम नेपालमा बढी बदली भएर वर्षा तथा हिमपातको सम्भावना देखिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि छ ।

आज राति पनि ती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जनसहित हल्का वर्षा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । भोलि बुधबार पनि ती प्रदेशमा मौसम बदली नै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आत्मदाहको प्रयास गर्ने आचार्यको निधन

२०७९ माघ १०, मंगलवार १०:२८
काठमाडौं । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा। किरण नकर्मीले बताए । नेपाल प्रेससँग उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको […]