कर्णाली मन्त्रिपरिषद्ले पायो पूर्णता

उज्यालो रैबार   ।   २०७९ माघ ११, बुधबार १७:२०

सुर्खेत । कर्णलीका प्रदेका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले (माघ ११) बुधबार १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्।

यस्तै, मुख्यमन्त्री शर्माले बुधबार थप चार जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन्। जसमा नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना रहेका छन्।

नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट डोल्पाका शेरबहादुर बुढा र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त भएका छन्।

शर्माले यसअघि गत पुस २८ गते एमालेबाट एक जना र नेकपा माओवादी केन्द्रबाट एक जना गरि दुई जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए। विना विभागीय मन्त्रीमा नियुक्त हुनेमा नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही रहेका छन्।

यस्तै, नेकपा एमालेबाट मन्त्री बनेका दैलेख शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका पछाई सामाजिक विकास मन्त्री, मुगुका जीतबहनदुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका जिसी आन्तरिक मामिला तथा कानून मन्त्री, मुगुका शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, सल्यानका शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।

यस्तै, बुधबार बेलुका ६ बजे मन्त्रीको शपथ ग्रहण गराउँने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनियुत्त सामाजिक विकास मन्त्री पछाईको पहिलो निर्णय : जनस्वास्थ्य प्रयोगशाला विस्तार गर्ने

२०७९ माघ ११, बुधबार १७:२०
सुर्खेत: कर्णाली प्रदेशका नवनियुत्त सामाजिक विकास मन्त्री टेकराज पछाईले पदभार ग्रहण गर्दै पहिलो निणर्य कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला लाई थप उपकरण सहित सेवा विस्तारमा गर्ने बताएका छन् । बुधवार शपथ ग्रहण लगतै मन्त्रालयको कार्यभार समालेका मन्त्री पछाईले यो निर्णय गरेका हुन । साथै कर्णाली प्रदेश स्वास्थ्य सूचकांकमा कम्जोर अबस्था देखिएको […]

सम्बन्धित समाचार