नवनियुत्त सामाजिक विकास मन्त्री पछाईको पहिलो निर्णय : जनस्वास्थ्य प्रयोगशाला विस्तार गर्ने

उज्यालो रैबार   ।   २०७९ माघ ११, बुधबार २१:५३

सुर्खेत: कर्णाली प्रदेशका नवनियुत्त सामाजिक विकास मन्त्री टेकराज पछाईले पदभार ग्रहण गर्दै पहिलो निणर्य कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशाला लाई थप उपकरण सहित सेवा विस्तारमा गर्ने बताएका छन् ।

बुधवार शपथ ग्रहण लगतै मन्त्रालयको कार्यभार समालेका मन्त्री पछाईले यो निर्णय गरेका हुन । साथै कर्णाली प्रदेश स्वास्थ्य सूचकांकमा कम्जोर अबस्था देखिएको हुदा यहाँका नागरीक अझै पनि उपचार गर्न नेपालगंज, काठमाण्डौ लगाएतका बाहिरी सहरमा जानुपर्ने बाध्यतालाई न्युन गर्न स्वास्थ्य क्षेत्रलाई सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रधान गर्ने प्रमुख प्राथमिकता रहेको बताए । कर्णालीका ग्रामिण भेगका जनताहरु अझै पनि सामान्य उपचारका लागि सहजै सेवा पाउन बाट बञ्चित रहेको अवस्थामा अब हरेक गाउँमा सहजै स्वास्थ्य उपचार सेवा पाउने बनाउनुनै आफ्नो योजना रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पञ्चपुरी नगरपालिकामा फर्जी बिल बनाउने विरुद्ध भ्रष्टाचार मुद्दा

२०७९ माघ ११, बुधबार २१:५३
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढासहित अन्य दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोले उनीहरुविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै एक जना होटल सञ्चालकविरुद्ध पनि मुद्दा दायर भएको छ […]