वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

उज्यालो रैबार   ।   २०७९ चैत्र ४, शनिबार ११:०५

सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। अस्थायि प्रहरी बिट लाटिकोईलीबाट गस्तिमा खटिएका प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–९ बाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लाटिकोईलि बस्ने २६ वर्षीय जीवनबहादुर केसी रहेका छन्।

उनलाई प्रहरीले संकास्पद तरिकाले बसिरहेको अवस्थामा देखि शंका लागेर शरिर खानतलासि गर्दा उनको साथबाट लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ९० मिलिग्राम फेला पारेको थियो। साथै प्रहरीले उनको साथबाट एक थान मोबाइल, ६ हजार एक सय रुपैयाँ बरामद गरी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका लागि उड्को बुद्ध एयरको जहाज काठमाडौँमै अवतरण

२०७९ चैत्र ४, शनिबार ११:०५
सुर्खेत । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौामा अवतरण गरिएको छ। शनिबार बिहान बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको एयरमा समस्या देखिएपछि विरगन्जबाट मोडेर काठमाडौँको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो। काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न […]

सम्बन्धित समाचार