स्थानीय चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता

उज्यालो रैबार   ।   २०७९ बैशाख ११, आईतवार ०८:०२

यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले  आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।

 

यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उम्मेदवारी दर्ताका लागि दुई दिन समय दिइएको उल्लेख छ। साथै निर्धारित दुई दिनभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न आएमा दर्ता गरिदिने व्यवस्था मिलाउन पनि आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयहरूलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

२०७९ बैशाख ११, आईतवार ०८:०२
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले घोषणापत्र सार्वजनिक गरेका हुन् […]