मलेसियाका गृहमन्त्री नासुसन काठमाडौंमा

उज्यालो रैबार   ।   २०७९ माघ २०, शुक्रबार ०८:५६

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन्। भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा

सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ । भ्रमण सम्पन्न गरी उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै

२०७९ माघ २०, शुक्रबार ०८:५६
काठमाडौं । नाबालिग बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको पुनरावेदन उपर आज सुनुवाइ हुँदैछ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो । धरौटीमा छुटेपछि […]

सम्बन्धित समाचार