शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि जुम्लाको एक विद्यालय बन्द

उज्यालो रैबार   ।   २०७९ श्रावण २६, बिहीबार १८:२५

२६ साउन, जुम्ला/सिंजा । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस संक्रमण भएपछि जुम्ला कनकासुन्दरी गाउँपालिकाको मालिका मावी खिच्चनेको पठनपाठन १ हप्ता लागि बन्द गरिएको छ ।
एन्टिजेन परीक्षण गर्दा विद्यालयका दुइ शिक्षक तीन विद्यार्थी र एकजन अभिभावक गरी ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कनकासुन्दरी गाउँपालिका पाण्डगुफा स्वास्थ चौकीका स्वास्थकर्मी वरुण न्यौपानेले जानकारी दिए । कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुको स्थानीय पाण्डगुफा स्वास्थ चौकीमा एन्टिजेन परीक्षण गरिएको थियो ।
बिहिवार देखि  सात दिनसम्म विद्यालयको पठनपाठन बन्द गरिएको स्कुल व्यवस्थापनले जानकारी दिएको छ । शिक्षक र विद्यार्थीमा कोभिड देखिएपछि थप संक्रमण फैलन नदिन विद्यालय बन्द गरिरएको स्कुलका शिक्षक नवराज कार्की बताए । संक्रमित शिक्षक, विद्यार्थीको अवस्था सामान्य छ उनिहरुलाइ होम आइसोलेसन बस्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

२०७९ श्रावण २६, बिहीबार १८:२५
निर्वाचनका लागि सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् ।  आयोगका अनुसार निर्वाचनमा स्वदेशी र विदेशी […]