प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाई आज

उज्यालो रैबार   ।   २०८० जेष्ठ ३०, मंगलवार १२:२५

काठमाडौँ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिला नदिकाे पुलबाट चिप्लिएर एक युवा बेपत्ता

२०८० जेष्ठ ३०, मंगलवार १२:२५
जुम्ला : जुम्लामा एक जना युवा तिला नदिमा बेपत्ता भएका छन्। मंगलबार विहान ६ वजेर ५० मिनेटमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। जुम्लाको तिला गाउँपालिका(१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। बेपत्ता हुनेमा तिला(६ घोडे गाउँका कर्णबहादुर रोकाया […]