दलितसँग बिबाह गरेको झोकमा घरमा आगो लगाउँने एकजना पक्राउ

उज्यालो रैबार   ।   २०८० असार १८, सोमबार २१:०८

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा रहेको मामुकेन्द्र परियारको घरमा आगो लगाउँने बसन्तीका दाई हिक्मत गिरीलाई जुम्लाका प्रहरीले पक्राउ गरेको छ। जुम्लाका डिएसपी प्रल्हाद कार्कीले घरमा आगो लगाउने हिक्मतलाई पक्राउ गरिएको जानकारी दिए।

उनकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन्। मुकेन्दैका दाई भरत नेपालीले बिहानै घर जलाएको आरोपमा किशोरीका बुबा, काका र दाजुको नाममा प्रहरी चौकी हाँकुमा निवेदन दिएपछि हिक्मत पक्राउ परेका हुन्।

हिम्मतलाई तारा एयरको जहाज चढेर नेपालगन्ज उड्ने तयारीमा रहेका बेला सदरमुकाम खलंगाको कालेखोलीदेखि प्रहरीले नियन्त्रणमा लिएको हो।

आगलागीबाट ६५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। मुकेन्द्रले हिक्मतकी बहिनी बसन्तीसँग असार १२ गते भागेर अन्तरजातीय बिबाह गरेका छन्। तर, हालसम्म उनिहरु कहाँ छन् भन्ने कुनै जानकारी छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

२०८० असार १८, सोमबार २१:०८
काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्याण्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको थियो। तर, आयरल्यान्डलले ४९।२ ओभरमा ८ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउन सफल भयो । यससँगै […]

सम्बन्धित समाचार