दशौं राष्ट्रिय खेलकुद कर्णालीका लागि गौरव हो- उपसभापती खड्का

उज्यालो रैबार   ।   २०७९ फाल्गुन ७, आईतवार २०:४४

सुर्खेत । नेपाली कांग्रेसका पार्टी उपसभापति एवम् प्रतिनिधिसभा सदस्य पूणर्बहादुर खड्काले कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि अवसर र गौरवको विषय भएकाले सबै मिलेर काम गर्नु पर्ने जनाएका छन् ।

शनिवार वीरेन्द्रनगरमा निर्माणाधिन प्रादेशिक रंगशालाको अनुगमन गर्दै नेता खड्काले खेलकुद प्रतियोगिता सञ्चालनका लागि रंगशाला निर्माणमा कुनै कसरत बाँकी नराख्न आग्रह गर्दै केन्द्र सरकारले खेलकुदका क्षेत्रमा दिदै आएको वजेट अनुदान बढाउनमा कुनै कसरत बाँकी नराख्ने बताए ।

‘प्रदेशस्तरबाट गर्न सकिने कामलाई तपाईहरु गर्नुस, दशौं राष्ट्रिय खेलकुदलाई केन्द्रमा राखेर विगतका राष्ट्रिय खेलकुद सञ्चालनमा संघ सरकारले दिने आर्थिक तथा भौतिक के दिने गरेको छ त्यसको आँकलन गरेर प्रदेश खेलकुद परिषद्ले प्रदेश सरकार मार्फत संघमा प्रस्ताव पठाउनुहोस् ।’ नेता खड्काले भने ‘हामी कणरलीबाट संघमा प्रतिनिधित्व गर्ने जति पनि सदस्य छौं हामी सामूहिक पहल गछौं ।

’ साथै प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा रंगशाला निर्माणमा देखाएको तदारुकता प्रशंसा योग्य रहेको नेता खड्काको भनाई छ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ बाट करिव ३ अर्व बढी वजेट लागतमा प्रादेशिक रङ्गशालाको निर्माण कार्य सुरु गरेको थियो । उक्त परियोजना २०८१ जेठ १४ गते हस्तान्तरण गर्ने गरी एमयसी जेएस निर्माण कम्पनीले रङ्गशालाको निर्माणको कार्य गरि रहेको छ ।

हालसम्म आयोजनाले ३५ प्रतिशत भौतिक र २५ प्रतिशत वित्तीय प्रगति गरेको छ । हालसम्म फुटबल मैदान, एथलेटिक्सको वेस तयार, भ्याइपी प्याभलिङ्गको ट्राभिसिङ्गको वेसमेन्ट, सुइमिङ्ग पुलको सिभिल स्टकचर, मल्टीप्रपोच कर्भडहलको ढलान, सिभिल स्टक्चरको काम ८० प्रतिशत सम्पन्न भएको कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रपति निर्वाचन : मनोनयनपत्र दर्ता गर्ने समय छोटिदै , टुङ्गिएनन् उम्मेदवार

२०७९ फाल्गुन ७, आईतवार २०:४४
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले थप पेचिलो बन्दै गएको हो । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदै छ । आज (बुधबार १० […]