पतिको कुटाइबाट पत्निको मृत्यु

उज्यालो रैबार   ।   २०७९ फाल्गुन २८, आईतवार ०८:१०

जुम्ला- जुम्लाको तिला गाउँपालिकामा पतिको कुटाइबाट पत्निको मृत्यु भएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २३ वर्षीय ममता नेपालीलाई कुटपिट गरेर हत्या गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको जनाएको छ । सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
‘प्रारम्भिक बयानमा श्रीमान्‌ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढामगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ ।’
प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले भने, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्नेछ ।’
‘श्रीमान्‌ले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुन्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

२०७९ फाल्गुन २८, आईतवार ०८:१०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि जारी रहेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । […]

सम्बन्धित समाचार