रारा र शे-फोक्सुण्डो जाने बाटो बनाउन १५ करोड बजेट

उज्यालो रैबार   ।   २०८० असार १, शुक्रबार १६:२४

सुर्खेत । कर्णाली प्रदेश सरकारले रारा र से–फोक्सुन्डो जाने सडक तथा कोरिडोर निर्माणको लागि १५ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कर्णालीका दुई पर्यटकीय तालको प्रवर्द्धनका लागि बजेट छट्याइएको बताए।

बाटोका लागि संघीय सरकारसँग पनि सहकार्य गरी पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न सकिने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको बजेट : ३३ अर्ब ३७ करोड ९७ लाख

२०८० असार १, शुक्रबार १६:२४
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् । यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र  पुँजीगततर्फ […]