कालिकोट : कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री खड्क बहादुर पोखरेलले कालिकोट जिल्ला अस्पताल, आयुर्वेद अस्पताल र सरुवा रोग अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा मन्त्रीले “कालिकोटका नागरिकले सामान्य उपचारको लागि सहर जानू पर्ने बाध्यता हटाउनु पर्ने आजको मुख्य आवस्यकता रहेको छ। त्यसलाई मन्त्रालयले गर्न पर्ने सहयोग गर्न तयार समेत रहेको बताउनु भएको छ । साथै स्वास्थ्यकर्मीले तलब खाने उद्यश्य मात्र नराखी सेवाको भावले पनि काम गर्नु पर्ने बताउनु भयो ।”
तस्बिरहरु
सोमबारनै कालिकोटको मान्मामा स्वास्थ्य प्रबर्द्धन सम्बन्धि पत्रकार र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रममा सहभागी भैइ। कार्यक्रममा मन्त्री पोखरेलले सहभागीबाट उठेका प्रश्नहरुको जवाफ समेत दिनुभएको थियो । अनुगमनमा मन्त्रालय सचीव भोजराज काफ्ले सहित अन्य टोलिको सहभागीता थियो ।