मदन थापा र सुबद्रा भुजेल को गित ‘रोजि छाडि’ सार्वजनिक

सुमन खत्री   ।   २०८० आश्विन २२, सोमबार १२:०१

काठमाडौ  :  मदन थापा र सुबद्रा भुजेल को ‘रोजि छाडी’ नेपाली लोक आधुनिक गित सार्वजनिक भएको छ । डिबि खड्का युटुबच्यानल बाट सार्बजनिक भएको उक्त गितले समय सन्दर्भिक र यथार्थ कुरालाई चित्रण गरेको छ । गितले छोटो समयमा बजारमा राम्रो चर्चा समेत बटुल्न सफल भएको छ । थापाले बजारमा यस अघि गोठालो,  बत्तिसे बैँस , पर्खी बस्छु, प्रधान को छोरो लगएतका  थुप्रै  गितहरु बजारमा ल्याइसकेका छ्न । मदन थापा र सुबद्रा भुजेलको आवाज रहेको उक्त गितमा डिबि खड्काको शब्द छ भने गोकुल रावतको संगित रहेको छ त्यस्तै गितको भिडियोमा नवीन काफ्ले को जिवनत अभिनयलाई पनि देख्न सकिन्छ । काफ्लेले  म्युजिक भिडियोमा पहिलो पटक अभिनय गरेता पनि उनले यस अघि  सडक नाटक ,थिएटर नाटक ,सिरियल ,लघु चलचित्र र ठूलो पर्दाका चलचित्रमा समेत काम गरिसकेका छन् । त्यस्तै भिडियोमा पार्वती भुजेल , अर्जुन कार्की, सौरभ थापा को समेत अभिनय रहेको छ ।

भिडियोलाई शशी बिक्रम थापाले निर्देशन गरेको  छन भने गंगाराम राइले छायांकन गरेका छ्न भिडियोको सम्पादन भने अर्जुन खड्काले गरेका छन्  ।

भिडियो हेर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कनकासुन्दरी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप

२०८० आश्विन २२, सोमबार १२:०१
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर पाँचको लासीपाटन खेल मैदानमा यति बेला उपाध्यक्ष कप चलिरहेको छ । पहिलो पटक उपाध्यक्ष कप चल्दा खेल मैदानमा मानिसहरुको बाक्लो चहलपहल समेत देखिन्छ । पालिकाको आठै वडा बाट खेलाडीहरु सहभागी रहेका छन् । यसै अबसरमा आ-आफ्न वाडाका खेलाडीको मनोबल बढाउन वडा अध्यक्ष सहित स्थानीय […]