कनकासुन्दरी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप

खेलाडीको मनोबल बढाउन जनप्रतिनिधि समेत खेल मैदानमा

गुड्डु प्रसाद न्यौपाने   ।   २०८० कार्तिक ११, शनिबार १८:२०

जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर पाँचको लासीपाटन खेल मैदानमा यति बेला उपाध्यक्ष कप चलिरहेको छ । पहिलो पटक उपाध्यक्ष कप चल्दा खेल मैदानमा मानिसहरुको बाक्लो चहलपहल समेत देखिन्छ । पालिकाको आठै वडा बाट खेलाडीहरु सहभागी रहेका छन् । यसै अबसरमा आ-आफ्न वाडाका खेलाडीको मनोबल बढाउन वडा अध्यक्ष सहित स्थानीय जनप्रतिनिधि पनि खेल अबधी भर मैदानमै देखिन्छन् ।

जनप्रतिनिधिले बाहिर बाट भए पनि थोरै हौसल दिदा खेलाडीको मनोबल बढ्ने र खेलनै जित्न सक्ने सम्भावना रहेको १ नम्बर वडा अध्यक्ष भिम भण्डारीले उज्यालो रैबारलाई जानकारी दिए ।
दसैँको अवसर पारेर शुरु गरिएको खेल प्रतियोगिताले स्थानीय युवा माझ समेत खुशी छाएको छ । पढाई, रोजगारका कारण बाहिर रहेका युवाहरु दसैँमा सबै घर आउने र यसै समय यस्ता खालका खेल प्रतियोगिताले एक आपस बिच आत्मीयता समेत बढाउने गरेको स्थानीय युवा जगदीश उपाध्यायले बताए ।
आठ गते देखि संचालन भएको कपमा फुटबल तर्फ १५ टिम र भलिबल तर्फ ११ टिमको सहभागीता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखकाे झडपमा युवकको मृत्यु भएको घटनामा तीन जना पक्राउ

२०८० कार्तिक ११, शनिबार १८:२०
सुर्खेत । दैलेखको भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो । घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका तीन जनालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले […]