कुशल भुर्तेल ९९ रनमा आउट

उज्यालो रैबार   ।   २०८० असार ३, आईतवार १५:१२

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन्।

कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए। कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए।

पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी बनाए। यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गनुपर्छ: सांसद सुवाल

२०८० असार ३, आईतवार १५:१२
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्। त्यसैगरी सांसद सुवालले मेडिकल कलेज […]