वीरेन्द्रनगरका १७ हजार परिवारले मोबाइलमै विपद् पूर्व सूचना पाउने

उज्यालो रैबार   ।   २०७७ आश्विन १९, सोमबार १६:३१

सुर्खेत । बाढी, पहिरो र वर्षातको सम्भावित जोखिमबाट बच्न वीरेन्द्रनगर नगरपालिकाले पुर्व सुचना दिने भएको छ । वीरेन्द्रनगरमा विपद्बाट सम्भावित क्षेत्रका १७ हजार ९४२ घरपरिवार विपद्को जोखिममा रहेको नगरपालिकाका विपद् शाखा फोकल पर्शन प्रकाश पौडेलले जानकारी दिए ।

‘विपद्लाई पुर्वानुमान गर्न सकिदैन तर पनि त्यसको जोखिमका आधारमा त्यसबाट प्रभावित हुन सक्ने अधिकतम संख्या अनुमान गर्न सकिन्छ,’ पौडेलले भने, ‘नगरपालिकाका विविध पक्षहरुलाई विश्लेषण गरेर प्रभावित हुन सक्ने संख्यालाई अनुमान गरिएको छ ।’

उनका अनुसार भुकम्पबाट १५ हजार १९२ परिवारका ६० हजार ७६८ जना, आगलागीबाट १५० परिवारका ६ सय जना, बाढी तथा डुबानबाट १२६५ परिवारका ५ हजार ६०, पहिरोबाट १३३५ परिवारका ५३४० र कोरोना लगायतको महामारीबाट एक हजार ७०० जना प्रभावित हुने अनुमान गरिएको छ ।

प्रभावित हुने मध्ये २५ प्रतिशत बालबालिका, ६५ प्रतिशत महिला, १० प्रतिशत जेष्ठ नागरिक, ५ प्रतिशत सुत्केरी तथा गर्भवती महिला, ५ प्रतिशत स्तनपान गराउने महिला हुन सक्ने अनुमान नगरपालिकाको छ ।

बाढी र वर्षाको सम्भावित जोखिमको बारेमा २ घण्टा अगाडी नै सम्बन्धीत क्षेत्रका नागरिकको मोबाइलमा एसएमएसबाट मौसम सम्बन्धी पुर्वानुमानका बारेमा जानकारी हुने नगरपालिकाका नगरप्रमुख देव कुमार सुवेदीले बताए । उनले विषेश गरी वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रका १० वटा बस्तीमा यो सेवा फोकस गरिने बताए ।

‘वीरेन्द्रनगरका केही क्षेत्रहरु विपद्को जोखिममा रहेकोले, नागरिकलाई पुर्व सुचना होस भनेर यस्तो कार्यक्रम ल्याइएको हो,’ नगर प्रमुख सुवेदीले भने, ‘सार्वजनिक हितलाई मध्यनजर राख्दै विपद्बाट नागरिकलाई हुने नोक्सानीलाई बचाउने हाम्रो उद्देश्य हो ।’

विपद् जोखिमलाई न्युनिकरण गर्न जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतको साझेदारीमा वीरेन्द्रनगर – १४ गोठिकाँडामा स्वचालित बाढी तथा वर्षाको पूर्व सूचना प्रणाली सन्चालन भएसँगै आकाशबाट परेको पानीको मापन, तापक्रम मापन र आद्रता मापन गर्ने बाढी पूर्व सूचना प्रणाली मौसम विज्ञान कार्यालयमा जडान भएको र वीरेन्द्रनगर नगरपालिकाको डिस्प्ले बोर्डमा समेत देखिने बताइएको छ ।

नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको शहरी विपद् जोखिम व्यवस्थापन परियोजना र जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतको समन्वयमा नगरपालिकाले यस्तो प्रविधि ल्याएको हो ।

आइतबार जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीबारे मिडिया अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले २०७१ सालमा पूर्व तयारीको अभावमा धेरै धनजनको क्षति व्यहोरेको स्मरण गराउँदै सूचना प्रणालिको स्थापनापछि विपदेको जोखिम न्यूनिकरण हुँदै जाने बताए । उनले पूर्व सूचना प्रणालीले वीरेन्द्रनगर क्षेत्र र बराहताल गाउँपालिकामा समेत काम गर्ने बताए ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले यो क्षेत्रको मानिसलाई बाढी पूर्व अनुमान, मौसम र हावा पानी बारे पूर्व सूचना पाउन यस्तो प्रविधिको जरुरी रहेको पराजुलीको भनाई छ ।

यसअघि ८ घण्टाको मात्र पूर्वानुमान गर्ने प्रविधि रहेकोमा अहिले ३ दिनसम्मको पूर्वानुमान गर्न सकिने र १५ दिनसम्मको बर्षाको पूर्वानुमान प्रविधिको विकास भएको बताए । उनले धनजनको जोखिम कम गर्न ३ घण्टा पुर्व सूचना पाउन सकेपनि धेरै नोक्सानीबाट बचिने दावी गरे ।

अहिले मौसम विभागले मौसम सम्बन्धी सूचना बिहान ६ बजे नियमित वेबसाईट, फेसबुक र ट्वीटरमार्फत पनि सूचना पाउन सकिने उनले जानकारी दिए । सुर्खेतका विभिन्न स्थानमा ६ वटा वर्षात केन्द्र राखिएको छ । अहिले वीरेन्द्रनगरमा ५० मिलीलिटरसम्म वर्षा भएपछि जोखिम मान्न सकिने पराजुलीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार कर्णालीका ६९ जनामा पुष्टि

२०७७ आश्विन १९, सोमबार १६:३१
सुर्खेत। बुधबार कर्णालीका ६९ जनामा कोरोना पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या चार हजार ३७ पुगेकोछ । प्रदेश अस्पताल– पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६४, दैलेख अस्पतालमा चार र रुकुमपश्चिममा गरिएको परीक्षणमा एक गरी ६९ जनामा कोरोना पुष्टि भएको हो । सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र […]