सुर्खेतबाट ६ जना फरार अभियुक्त पक्राउ

उज्याले रैबार   ।   २०७८ श्रावण ११, सोमबार १५:५७

सुर्खेत : जिल्ला अदालत, सुर्खेतले दोषी ठहर गरिएका ६ जना फरार अभियुक्त पक्राउ परेका छन्। जिल्ला अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवाना तोकेका वीरेन्द्रनगर–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ घर भई हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाइ रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

यस्तै, लिखित बेइज्जती मुद्दामा तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय रूपैयाँ जरिवाना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा उनीहरूलाई आइतबार साँझ ५ बजे वीरेन्द्रनगर १० बाट पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकिएको प्रवक्ता घर्तीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका स्थानीयतहको वजेट खर्च ७८ प्रतिशत

२०७८ श्रावण ११, सोमबार १५:५७
सुर्खेत १२, साउन/ सुर्खेतका स्थानीयतहहरुले आ.व. २०७७÷०७८ को अन्तिममा वजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास वजेट खर्च गरेका छन । कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७÷०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका रहेका […]