आफ्नै खर्चमा गएका कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ल्याए २ स्वर्ण

उज्यालो रैबार   ।   २०७८ पुष २९, बिहीबार १७:३६

सुर्खेत : बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले २ स्वर्ण पदक प्राप्त गरेका छन् ।

बंगलादेश गोजुरियो कराँते दो संघको आयोजनामा गत डिसेम्बर २६ देखि २९ सम्म चलेको बि।जी। अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले २ स्वर्ण सहित २ काँस्य पदक जितेका हुन् ।

प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ के।जी। कुमितेमा कास्य पदक जिते । त्यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ के।जी। कुमितेमा १ स्वर्ण र सुर्खेतका सन्दिप महतले ७० के।जी। कुमितेमा कास्य पदक जिते ।

आफ्नै निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका २ र दैलेखका १ खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले आजै एक कार्यक्रमको आयोजना गरी पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले सरोकारवाला निकायसंग कर्णालीका खेडालीको खेल सहभागिता र खर्चका सम्वन्धमा ध्यानाकर्षण गराइने बताए । उनले खेलकुद र खेलाडीको व्यवसायिकता सम्वन्धमा कर्णाली सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदिपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरब बढाएकोमा खेलाडीलाई बधाई दिंदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए । आगामी दिनमा प्रतियोगितामा अधिकतम पदक ल्याउने सितेरियो कराँते लगायतका मार्शल आर्ट्स र एथलेटिक्सका खेलाडीका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए । उनले कर्णालीमा बढि भन्दा बढि प्रतियोगिता आयोजना गर्नुपर्ने र विभिन्न प्रतियोगिताहरुमा खेलाडीको सहभागिता बढाउन कर्णाली सरकारले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोडल रेशम नेप्किङको “बद्लियो मन ” सार्बजनीक

२०७८ पुष २९, बिहीबार १७:३६
सुर्खेत: मोडल तथा समाजसेवी रेशम नेप्किङको नयाँ म्युजिक भिडियो “बद्लियो मन” सार्बजनीक भएको छ । प्रेम कहानीमा आधारीत भिडियोमा नेप्किङलाइ मोडल अन्जाना श्रेष्ठले साथ दिएकी छन् । गीतमा गायक अर्जुन बराइलीको स्वर रहेको छ भने शब्द , संगीत निरज रासकोटीको रहेको छ । यता भिडियोको छायांकन गोपाल बिकेले गरेका छन् […]

सम्बन्धित समाचार