जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईको मृत्यू, दर्जनौ मानिस हिउँमा फसे

उज्यालो रैबार   ।   २०७८ माघ २३, आईतवार १०:०७

जुम्ला –जुम्लामा हिउँले कठाङ्ग्रीएर दुईजनाको मृत्यू भएको छ । दर्जनौ बढि मानिसहरु हिउँमा फसेको जानकारी प्राप्त भएको छ ।
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८ निवासी ३७ बर्षकी देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार वडा नम्बर ७ का पुरुष मुन रावत गोठालो गएको समयमा फर्किने क्रममा हिउँमा परेर मृत्यू भएको र ताम्ति ७ कि महिलाको सेतो चिनी कोर्न जादा फर्किने क्रममा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको जानकारी दिनुभयो ।

दर्जनौ मानिस हिउँमा फसे ,
यसैगरी तातोपानी गाउँपालिका ८ मा अन्दाजी १८ देखी ५५ जना मानिसहरु हिउँमा फसिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार काम गर्न गएका ५५ बढि मानिसहरु फसेका भन्ने खबर आएको छ तर कति मानिस हिउँमा फसे एकिन हुन वाँकी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिउँमा फसेका मानिसहरु ईमिल्चादेखी तिला गाउँपालिका क्षेत्रको डाडाँनजिक ऐडि ओडार, गाग्री ओडार, खोटि सल्लामा बसेका खबर प्राप्त भएको छ । अध्यक्ष न्यौपानेले फसेका मानिसहरु तीन दिन देखी भोकै भएको अनुमान भएकाले खाद्यन्न वोकेर जान अपिल गरिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार अन्य मानिसहरु हराएको भन्ने खबर पाएपछि बुझ्दै जादा ओडारमा बसेको खबर प्राप्त भएको छ ।

खाद्यन्न वोकेर हेलेकोप्टर उद्धार गर्न जादै 

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार ठूलो मात्रमा हिउँ फसेको खबर प्राप्त भएपछि सो क्षेत्रमा खाद्यन्न सहत वोकेर उद्धार गर्ने तयारी भईरहेको छ । नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार सुर्खेतबाट हेलिकोप्टर आउने र खाद्यन्न लिएर त्यस क्षेत्रतिर लाग्ने तयारी भईरहेको छ । त्यसका लागि रातिनै प्रक्रिया पुरा गरेर अगाडि बढाईएको छ । coropati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी संसद् बैठकमा टेबुल

२०७८ माघ २३, आईतवार १०:०७
काठमाडौं। लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल भएको छ। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबुल गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न मन्त्री कार्कीलाई समय दिएका थिए। सभामुखले बैठक सुरु भएको […]