आचारसंहिता कार्यान्वनमा उम्मेदवारहरुको भूमिका आवश्यक

उज्यालो रैबार   ।   २०७९ बैशाख २५, आईतवार १४:१०

सुर्खेत । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कर्णाली संवाद समूहले आचारसंहिताको पालना गराउनका लागि उम्मेदवारहरुको पनि अहम भुमिका रहेको जानकारी दिएको छ ।

बैशाख ३० गते हुने निर्वाचनमा आचारसंहितालाई कार्यान्वन गर्नमा उहम भूमिका रहने विभिन्नन राजनीतिक दलका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका हुन ।

केही दिन अघि मात्र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग संवाद गरी उनीहरुलाई आचारसंहिताको पालना गराउने प्रतिबद्धता गराएको सम्वाद समूहले पछिल्लो समयमा पत्रकार, विद्यार्थी संगठन र सरोकारवालाहरुसँग आचारसंहिताको पालनाबारे कर्णाली संवाद समुहले मतदान स्थलको निमार्ण र विभिन्न राजनितिक दलका उम्मेदवारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

शनिबार बसेको संवाद समूह कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनितिक दलका उम्मेदवारहरुलेसँग पहल समेत गरेका छन् । निर्वाचनलाई मर्यादित रुपमा सफल पार्नका लागि युवाहरुको भाव बुझेर अगाडि बढ्नुका साथै समाज प्रति उत्तरदायी हुने जानकारी गराएका छन ।

विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलहरुले समाजमा राज्यको नेतृत्वलाई अगाडि बढाउनका लागि भाइचाराको सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने बताएका छन ।

वैसाख ३० गते हुने स्थानिय तह चुनावका लागि उम्मेदवार रहका विभिन्न राजनीतिक दलहरुले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउने कार्यक्रम आयोजना गरिएको संवाद समूह कर्णाली प्रदेशका प्रतिनिधी देवेन्द्र सेजुवाल र सर्मिला विसिले आसन्न स्थानीय तहको निर्वाचनलाई व्यवस्थित, मर्यादित, शान्तिपुर्ण, निष्पक्ष र थप प्रभावकारी बनाउन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्ला : ७ वडाको नतिजा आउँदा कांग्रेसबाट ४ र माओवादीबाट ३ वडाध्यक्षमा विजयी

२०७९ बैशाख २५, आईतवार १४:१०
जुम्ला – जुम्लामा सात वटा वडाको नतिजा आउँदा चार वटा वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेको छ । कांग्रेसबाट चन्दननाथ नगरपालिका १ मा तिलकप्रसाद न्यौपाने, तातोपानी गाउँपालिका १ मा कर्णबहादुर कठायत, हिमा गाउँपालिका १ मा रतनबहादुर शाही र सिञ्जा गाउँपालिका १ मा हरिनन्द आचार्य विजयी […]